Section 8
सभाको काम, कर्तव्य र अधिकार
: सभाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :
(क) प्रतिष्ठानको नीति, योजना तथा कार्यक्रम स्वीकृत गर्ने,
(ख) प्रतिष्ठानको वार्षिक बजेट स्वीकृत गर्ने,
(ग) प्रतिष्ठानको नियम स्वीकृत गर्ने,
(घ) प्रतिष्ठानको तर्फ बाट प्रदान गरिने छात्रवृत्ति, उपाधि, प्रमाणपत्र, पदक तथा पुरस्कार प्रदान गर्ने,
(ङ) तोकिए बमोजिम मानार्थ उपाधि प्रदान गर्ने,
(च) आफ्नो मातहतमा रहेका प्रतिष्ठानका विभिन्न निकायलाई मार्गदर्शन गर्ने तथा आवश्यक निर्देशन दिने,
(छ) राष्ट्रिय स्वास्थ्य तथा शिक्षा नीति निर्माण गर्ने क्रममा नेपाल सरकारलाई आवश्यक सुझाव दिने,
(ज) प्रतिष्ठानको वार्षिक प्रतिवेदन स्वीकृत गर्ने,
(झ) प्रतिष्ठानको लेखापरीक्षण प्रतिवेदनमाथि छलफल गर्ने र स्वीकृत गर्ने,
(ञ) शैक्षिक संस्थाहरूको स्थापना सम्बन्धमा आवश्यक प्रबन्ध गर्ने, गराउने,
(ट) तोकिए बमोजिमका अन्य काम गर्ने, गराउने ।